निराजन सिर्पाली
रुकुम पूर्व १८, माघ
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडानम्बर -१, ठुलो सिस्ने की २२ वर्षीया जानकी बुढाले बाटोमै बच्चाको जन्म दिनुभएको छ । बुधबार सुत्केरी व्यथा लागेपछि बुढालाई करिव २ घण्टा टाढाको स्वास्थ्य चौकी भट्टेचौर लैजाँदै गर्दा बिच जंगलको बाटाेमै बच्चाकाे जन्म दिनुभएको हाे ।
सिस्ने स्वास्थ्य चौकिमा लामो समय देखि (एसबिए) नर्सिङ नहुँदा एचडिसि र फेयरमेडको ग्रामिण स्वास्थ्य सुधार परियोजना बाट गत वर्ष प्रसूति स्वास्थ्य सहायता तालिम लिनु भएका स्वास्थ्य चौकी ईन्चार्ज (पारामेडिक्स) काशिराम ओलीले आपतकालिन सेवा दिई रहनु भएको एचडिसि नेपालका कार्यकारी निर्देशक लिलामणि गौतमले जानकारी दिनुभएको छ ।
हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य चौकी ईन्चार्ज ओलीले बताउनुभएको छ ।