वर्षापछि किसान खुसी
64x64
२०८० माघ १८ बिहिबार प्रेसपालिका संवाददाता
1144 Views

रुकुम पश्चिम १८, माघ 

रुकुम पश्चिममा गए रातिदेखी हिउँदे बर्षा सुरु भएको छ । बर्षा सुरु भएसंगै किसानहरु खुसी भएका छन् । केहीदिन यता मौसममा बदली आएसँगै बुधबार राति देखी पानि परेको हो ।

 

पानी परेसँगै जिल्लामा चिसो बढेपनि कृषकहरु भने खुसी भएका छन् । आकाशे पानीकै भरमा खेतीपाती गरिने पहाडी तथा हिमाली  भेगमा लगाएको गहुँबाली संगै फलफुल खेतीमा राहत पुगेको किसानहरुको भनाई छ ।

 

पानी परेपछि लगाईएको बालीहरु आलु, गहुं, अलैंची, काउली, बन्दा लगायतका हिउँदे बालीहरु सप्रिनेमा किसानहरु ढुक्क भएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News