रुकुम पश्चिम १७, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका विभिन्न वडाहरुमा भुकम्प प्रभावितहरुको लागि न्यानो कपडा वितरण गरिएको छ । नेपाल खिष्ट्रिय राहत सेवा ललितपुरको आयोजना र मुसिकोट नगरपालिकाको समन्वयमा राहत वितरण गरीएको हो ।
आज मुसिकोट नगरपालिका वडानम्बर १, ४ र ६ नम्बर वडाका भुकम्प प्रभावितहरुलाई प्रतिव्यक्ति एकवटा ब्लाङकेट वितरण गरिएको छ ।
मुसिकोट नगरपालिका वडानम्बर १ का ४५, वडानम्बर ४ का १ सय ४४ र वडानम्बर ६का १५ जना गरि जम्मा २ सय ४ जना भुकम्प प्रभावितलाई ब्लाङकेट वितरण गरिएको खिष्ट्रिय राहत सेवा नेपालका रिलिप रेस्पोन्स अफिसर शिव श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार मुसिकोट नगरपालिकाका ७ वटा वडामा राहत वितरण गरिने छ । ७ वडा मध्ये १, ४ र ६ नम्बर वडामा आज वितरण गरिएको छ भने नगरका वडा नम्बर ५, ८, ९ र ११ नम्बर वडामा वितरण गर्न बाँकी रहेको छ ।
भुकम्पले चर्किएका घर संगै मनहरुमा मलम लगाऊन सहयोग होस भन्ने ऊद्देश्यले प्रेम स्वरुप सानो ऊपहार बाडीएको बत्ताऊनु भयो ।
राहत वितरण कार्यक्रममा कर्मचारी ,जनप्रतिनिधि,समाजसेवी लगाएतको ऊपस्थिति रहेको थियो ।