पापिनी मेला सम्पन्न
64x64
२०८० माघ १६ मंगलबार प्रेसपालिका संवाददाता
1280 Views

रुकुम पश्चिम १६, माघ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७, सााँखमा परम्परागत रुपमा लाग्दै आएको पापिनी मेला सम्पन्न भएको छ । माघ १ गते देखी सुभारम्भ हुने मेला आज सम्पन्न भएको हो ।

किंवदन्ती अनुसार गाउँमा कल्सुरो नामको राक्षसको कारणले गाउँमा विपत्ति भएको र राक्षसले रसरङ्ग खोजेकाले साँख दहमा मेला लगाई केटीकेटी बिच बिहे गरी सिमलनाथको पुजाअर्चना गरेपछि विपत्ति हटेको भन्ने परम्परा रहेकाले हरेक बर्षको माघ १६ गते पापिनी मेला लाग्दै आएको मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एक्क बहादुर पाण्डेले जानकारी दिनुभयो ।

 

माघ १ गते दिनभरी स्थानीय किशोर किशोरी बीच सिस्नो खेल्ने चलन रहेको छ । दिनभर सिस्नो खेलेर बेलुका देखि पापिनी मेलाको संस्कार सुरु हुने र साँख गाउँमा रहेको तल्लो र माथिल्लो गाउँमा माघ १ गतेदेखि १४ गतेसम्म आ(आफ्नै गाउँमा रातभर आगो बालेर नाचगान गर्दै थला बस्ने गरिने वडा अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

 

थला बसेका तलिगाउँ र माथिगाउँ बीच बर्षेनी पालैपालो दुलाहा र दुलही बनाईन्छ । १४ गते बेलुकी दुला पक्षका गाउँलेले दुलही माग्न आउने चलन रहेको छ । १४ गते मागिएकी दुलही १५ गते बेलुकी पन्चेबाजा सहित स्थानीय संस्कृतिको नाचगान सहित दुलही लिन जाने र दुलही लिएर फर्केपछि साँखदहको किनारामा पापिनी बिहे गर्ने परम्परा रहेको छ ।

बिबाह सकिएपछि पापिनी नाच तथा सिमलनाथको पुजा अर्चना गरी रातभर रमाईलो गर्ने चलन रहेको छ । यस बर्ष माघ १४ गते माथिल्लो गाँउले जन्ति लिएर तल्लो गाँउमा दुलहि माग्यो, १४ गते मागिएकी दुलहि १५ गते धुमधामका साथ पापिनि बिहे सम्पन गरियो ।

आज १६ गते मेलाको मुख्य दिन स्थानीय संस्कृति झल्कने विभिन्न झाकीहरु प्रस्तुत गरेर मेला मनाईएको छ । वडा स्तरीय भलिबल भने १७ गते सम्पन्न हुने बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News