रुकुम पश्चिम ११, माघ ।
रुकुम मुसिकोट नगरपालिकामा स्वास्थ्यकर्मीहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीवार मुसिकोट नगरपालिकाको हल सेरीगाउँमा नागरिक स्वास्थ्य सेवा परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
५५ बर्ष माथिका नागरिकको नसर्ने रोग सम्बन्धी स्वास्थ्य परिक्षण तथा उपचारमा आधारित कार्यक्रम सम्पन्न गरिएको मुसिकोट नगरपालिका स्वास्थ्य सेवा प्रमुख मान बहादुर खत्रीले जानकारी दिनुभयो । एकदिने अभिमुखीकरणमा मुसिकोट नगरपालिका भित्रका स्वास्थकर्मीको उपस्थिति रहेको बताइएको छ ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजना तथा मुसिकोट नगरपालिकाको समन्वयमा अभिमुखीकरण सम्पन्न भएको जनाइएको छ ।