चौरजहारीमा इलाका प्रशासन स्थापना
64x64
२०८० माघ ०८ सोमबार प्रेसपालिका संवाददाता
241 Views
रुकुम पश्चिम ८, माघ ।
रुकुम पश्चिमको चौरजहारीमा आज ईलाका प्रशासन कार्यालय स्थापन गरिएको छ । चौरजहारी नगरपालिका वडानम्बर -२, स्थित यातायात कार्यालय नजिकै इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्ला प्रशासनबाट प्रवाह भैरहेको सेवालाई विकेन्द्रीकरण गरि जनताको घरदैलो नजिक पुगेर सेवा पुर्‍याउने उद्देश्यले इलाका प्रशासन कार्यालय चौरजहारी स्थापन गरिएको बताउनुभयो ।
एक औपचारिक कार्यक्रमको आयोजना गरि विधिवत रुपमा स्थापना गरिएको इलाका कार्यालयमा कर्मचारीहरुको पदपूर्ति र कार्यालयको पूर्वाधार तयारीको कार्यपश्चात मात्रै सेवा प्रवाह हुने बताइएको छ । नेपाल सरकारका पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले दीप प्रज्वलन गरेर कार्यालयको उद्घाटन गर्नुभएको हो ।
इलाका प्रशासन कार्यालय स्थापना भएपछि चौरजहारीबासीमा खुसियाली छाएको छ ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News