धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु 
64x64
२०८० माघ ०७ आइतबार प्रेसपालिका संवाददाता
653 Views
रुकुम पश्चिम ७, माघ ।
रुकुम पश्चिममा धारिलो हतियार प्रहारबाट आज एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका -११, का ३२ वर्षीय चन्द्रबहादुर पुनले धारिलो हतियार प्रहार गर्दा एकजनाको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा परिवर्तन गाउँपालिका रोल्पाका १४ वर्षीय निर्मल डाँगी रहेका छन् । खुकुरी प्रहारबाट मृतक डाँगीको दाहिने कान मुनी चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै खुकुरी प्रहारबाट मुसिकोट -११, कै सुकलाल पुन समेत घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ ।
प्रहरीका अनुसार धारिलो हतियार प्रहार गर्ने चन्द्रबहादुरको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News