सुनिल महरा
रुकुम पश्चिम २, माघ ।
रुकुम पश्चिमको आठविसकाेट नगरपालिका -१४, काे बाँकेमा भूकम्पमा परि मृत्यु भएकी ७ वर्षीया भराेसा विकको सम्झनामा धारा निर्माण गरिएकाे छ । करिब ७० हजार लागानीमा धारा निर्माण गरिएकाे उनका बुवा प्रज्वल विकले जानकारी दिनुभएकाे छ ।
उहाँका अनुसार सडक बाटोमा धेरै पैदल यात्रीहरु हिंड्ने र आवतजावत गर्ने भएकाले भरोसाको सम्झनामा धारा निर्माण गरिएको छ । धारा निर्माण संगै बिसौनी पनि निर्माण गरिएकाले यात्रुलाई समेत थकान मेटाउन सजिलो हुने बताइएको छ ।
धारा निर्माणपछि स्थानीयबासीलाई खानेपानीको समस्या नहुने भएको छ ।