रुकुम पश्चिम -१, माघ ।
रुकुम पश्चिमको त्रिवेणी गाँपालिका -१०, गैरीखेतमा तीन दिने आधुनिक तथा व्यावसायिक तरकारी उत्पादन तालिम सम्पन्न भएको छ । नेपाल ख्रिष्ट्रिय राहत सेवाको आयोजनामा तालिम सम्पन्न भएको हो ।
तालिममा त्रिवेणी गाँपालिका वडानम्बर -८,९ र १० का ३० जना कृषकहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी कृषकहरुलाई प्रति किसान प्लास्टिकको टनेल, प्लास्टिक ड्रम विभिन्न आठ प्रकारका बीउ वितरण गरिएको नेपाल ख्रिष्ट्रिय राहत सेवा रुकुम पश्चिमका परियोजना अधिकृत मिलन केसीले जानकारी दिनुभयो ।
तालिममा कृषकलाई आधुनिक तथा व्यावसायिक कसरी बन्ने विषयमा त्रिवेणी गाँपालिका कृषि शाखा प्रमुख रमेश पुन मगरले सिकाउनु भएको थियो ।
पुस २७ गते देखि २९ गते सम्म सञ्चालन भएको तालिममा नेपाल ख्रिष्ट्रिय राहत सेवाका कोषाध्यक्ष मुकुन्द शर्मा, परियोजना अधिकृत मिलन केसी त्रिवेणी गाँउापलिका वडानम्बर -१०, का वडा अध्यक्ष शेरमान खड्का लगायतको उपस्थिति रहेको थियो ।