सडक निर्माणको कामले तीव्रता पाउँदै
64x64
२०८० पुष २६ बिहिबार प्रेसपालिका संवाददाता
1015 Views

रुकुम पश्चिम २६, पुस ।

रुकुम पश्चिमको मुसिकोट देखि बाँफिकोट गाउँपालिका केन्द्र जोड्ने पक्की सडक निर्माणको कामले तीव्रता पाएको छ । मुसिकोट-नदुवा सडक खण्ड अन्तर्गत माछिमी देखि बाँफिकोट सम्मको सडक निर्माणको कामले तीव्रता पाएको हो ।

पूर्वाधार विकास कार्यालय चौरजहारीका सूचना अधिकारी विश्राम पुनले चालु वर्षको बैशाखमै कालोपत्रे गरिसक्नुपर्ने भएकाले द्रुत गतिमा निर्माण कार्य अगाडि बढेको बताउनुभयो । माछिमी देखि बाँफिकोट र चिसापानी देखि राडी सम्मको सडक खण्ड कालोपत्रेका लागि हाल सडक निर्माणको काम धमाधम चलिरहेको छ ।

कर्णाली प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयको ३३ करोड ४८ लाख बजेटमा कालोपत्रे गरिने सडकको हाल २५ प्रतिशत काम पूरा भएको छ ।

जसअन्तर्गत चिसापानी देखि राडीबजार सम्मको सात किलोमिटर  सडक खण्डमा अहिले ग्राभेल गर्ने काम भैरहेको छ । तर माछिमी देखि बाँफिकोट खण्डको १० किलोमिटर सडकमा विस्तार र नालीको काम चलिरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |