करेन्ट लागेर एकजनाको मृत्यु
64x64
२०८० पुष २५ बुधबार प्रेसपालिका संवाददाता
543 Views

रुकुम पश्चिम २५, पुस ।
रुकुम पश्चिममा करेन्ट लागेर आज बेलुकी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका -१, मठका २४ वर्षीय सुमन थापा रहेका छन् ।

त्रिवेणी गाउँपालिका -२, को सिम्रुतु बजारमा टेकमाइन्ड नेटवर्कको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु भएको प्रहरीले बताएको छ ।

विद्युत पोलमा रहेको ईन्टरनेट तार मर्मत गरिरहेका बेला करेन्ट लागेका थापालाई जिल्ला अस्पताल सल्लेमा पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News