मुसिकोटमा राष्ट्रपति रनिङ शिल्ड सुरु
64x64
२०८० पुष २५ बुधबार प्रेसपालिका संवाददाता
572 Views

रुकुम पश्चिम २५, पुस ।

रुकुम पश्चिममा मुसिकोट नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख अतिरिक्त  क्रियाकलाप सुरु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर -६, को ट्याखोला खेल मैदानमा आज देखि शिल्ड सुरु भएको हो ।

 

मुसिकोट नगरपालिका, नगर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको शिल्ड तथा नगर प्रमुख अतिरिक्त क्रियाकलापमा नगरका १९ वटा विद्यालयहरूको सहभागिता रहेको छ ।

 

शिल्डमा छात्र छात्रा भलिबल, कबड्डी, दौड, रिले दौड, मार्सल आर्ट, उफ्रने र फ्याँक्ने तर्फ सटफुट, हाइ जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो लगायतका विभिन्न ५२ विधामा प्रतिस्पर्धा हुने नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

 

शिल्डमा कक्षा १ देखि १२ सम्मका १८ वर्ष मुनिका खेलाडीहरू सहभागी छन् । शिल्ड तथा अतिरिक्त क्रियाकलाप आगामी माघ १ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

 

बालकल्याण मावि सोलावाङका प्रअ भक्तबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News