रुकुम पश्चिम २५, पुस ।
रुकुम पश्चिमको स्वास्थ्य सेवा कार्यालय सल्लेमा निर्माणाधीन अस्पताल भवनको काम ७० प्रतिशत पूरा भएको छ । संघीय सरकारको विशेष अनुदानमा दुई वर्ष अघिबाट निर्माण कार्य सुरु गरिएको २५ सैयाको भवनको काम ७० प्रतिशत पूरा भएको हो ।
चालू वर्षको असार अन्तिम सम्म निर्माण कार्य सक्ने गरि हाल अस्पताल भवनको काम द्रुत गतिमा चलिरहेको अस्पताल विकास समितिका अध्यक्ष टेक बहादुर कुसारीले बताउनुभयो । निर्माणाधीन लिफ्ट जडित दुईतले अपांगमैत्री अस्पताल भवनको कूल लागत २४ करोड रहेको छ ।
जिल्ला अस्पताल सल्लेमा प्रयाप्त भवन नभएकाले अस्पतालको थप स्तरवृद्धिका लागि सुविधासम्पन्न ५० कोठे भवन निर्माण गर्न लागिएको हो । अस्पताल भवन निर्माणको जिम्मा खानी थोदुङ्ग मिसन जेभी कम्पनीले लिएको छ ।