हाउस वायरिङ तालिमको सीप परिक्षण सम्पन्न
64x64
२०८० पुष २१ शनिबार प्रेसपालिका संवाददाता
407 Views

रुकुम पश्चिम २१, पुस ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -२, पिपल गाउँका ४० जनालाई हाउस वायरिङ सम्बन्धि तालिमको सीप परिक्षण गराइएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयको आर्थिक सहयोग तथा गण्डकी पोलिटेक्निक ईन्स्टिच्यु प्रालि काठमाडौंको आयोजनामा एक महीने तालिमको सीप परिक्षण गराइएको हो ।

 

तालिम संयोजक राम बहादुर पुनका अनुसार पिपल जिपुका ३५ जना पुरुष र ५ जना महिलालाई एक महिने तालिम अन्तर्गत तह एकको सीप परिक्षण गराइएको छ । तालिममा सहभागी सबै जनाको अन्तिम सीप परिक्षण शुक्रबारबाट सुरु गरेर आज शनिबार सम्पन्न भएको बताइएको छ ।

 

सो तालिमको सीप परिक्षणमा सफल सहभागीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तर्गत राष्ट्रिय सीप परिक्षण मार्फत तह एकको प्रमाणपत्र प्राप्त गर्ने संयोजक पुनको भनाइ छ ।

 

एक महीने तालिम तथा सीप परिक्षणको अन्तिम नतिजा भने दुई महीना पछि मात्रै आउने बताइएको छ । उक्त नतिजाका आधारमा प्रमाणपत्र प्राप्त गर्नेले तह तीनको लोकसेवा परीक्षा दिन पाउने छन् । त्यस्तै हाउस वायरिङ संग सम्बन्धित काम पनि गर्न पाइने जानकारी दिइएको छ ।

 

हाउस वायरिङ तालिम गत आर्थिक वर्षको जेठ २१ देखि असार ३० गतेसम्म सञ्चालन गरिएको थियो । अन्तिम सीप परिक्षण भने आज सकिएको हो ।

 

यसैगरी मुसिकोट नगरपालिका -१, बागबजारमा पनि ४० जनालाई हाउस वायरिङ तालिम अन्तर्गतको सीप परिक्षण गराइसकिएको छ । उक्त तालिममा ३४ जना महिला र ६ जना पुरुष गरि ४० जना सहभागी रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |