नेशनल लघुवित्त संस्थाद्वारा नगरपालिकालाई चारलाखको चेक हस्तान्तरण
64x64
२०८० पुष १५ आइतबार प्रेसपालिका संवाददाता
515 Views

सत्य बटाला

रुकुम पश्चिम १५, पुस ।

नेशनल लघुवित्त वित्तीय संस्थाद्वारा भूकम्प प्रभावितको लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आठविसकोट नगरपालिकालाई चारलाखको चेक हस्तान्तरण  गरिएको छ । लघु वित्तीय संस्थाका कार्यकारी निर्देशक राम बहादुर यादवले आज नगर प्रमुख रबि केसीलाई आर्थिक राहत स्वरुप चेक हस्तान्तरण गर्नुभएको हो ।

नेशलन लघुवित्त वित्तीय संस्थाले भूकम्पबाट प्रभावितलाई थोरै भएपनि सहयोग होस भनी पालिकाको विपद व्यवस्थापन शाखा मार्फत नगरपालिकालाई आर्थिक सहयोग गरिएको लघुवित्त संस्थाका कार्यकारी निर्देशक (CEO ) यादवले बताउनुभएको छ ।

कार्यक्रम नेशनल लघुवित्तले ग्रामिण वित्तिय सेवाका साथै संसस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ । संस्थाले हाल दुईसय ६ वटा शाखा कार्यालय मार्फत ७४ जिल्लाका २ लाख ५० हजार घरधुरीमा सेवा पुर्याउदै १८ अर्ब कर्जा र ५ अर्ब बचत परिचालन गरेको निर्देशक यादवले जानकारी दिनुभयो ।

सोही संस्थागत उत्तरदायित्व कार्य अनुसार भूकम्प पीडित लघुवित्त वित्तीय सस्थाका तीन सय ७२ जना सदस्यहरुका लागि पनि १२ लाख रकम हस्तान्तरण गरिने उहाँको भनाइ छ ।

सदस्यहरुको लागि मानवीय तथा भौतिक क्षतिको आधारमा तीन सय ७२ जनालाई क्षतिको आधामा आर्थिक राहत वितरण गरिने आठविसकोट शाखा प्रमुख शेर बहादुर कुँवरले बताउनुभयो ।

भूकम्प प्रभावित क्षेत्रलाई सानै भएपनि मलम पट्टी लगाउन सहयोग गरेकोमा यश नेशनल लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक यादव लगायत संस्थागत सबै कर्मचारीलाई नगर प्रमुख केसीले विशेष धन्यवाद दिनुभएको छ ।

उहाँले भन्नुभयो, `संघ सस्था, सहयोगी दाताहरुले गरेको आर्थिक सहयोग हाम्रो पालिकाले सहि तरिकाले सहि ठाउँ मा सदुपयोग गर्दै आएको र आगामी दिनमा सदुपयोग गरिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।´

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |