रुकुम पश्चिम १५, पुस ।
नेपाल जनजागरण मञ्च (एन-प्याफ) रुकुम पश्चिमको १७औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । संस्थाको कार्यालय मुसिकोट नगरपालिका -१, सल्लेमा शनिबार अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले टेक बहादुर कुसारीको अध्यक्षतामा पछि एकजना थप्ने गरी नौ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा पुर्ण कुवारी बुढा, सचिव खम्बुसिह श्रेष्ठ, सह सचिव दिपेन्द्र महतारा, कोषाध्यक्ष यमुना बिसी चयन हुनुभएको छ । त्यस्तै सदस्यमा रामलाल बोहोरा, पृर्थ खत्री र टेक बहादुर बिसी चयन हुनुभएको छ ।
संस्थाले संस्थाको वृहत्तर विकासका लागि योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । जसमध्ये उत्कृष्ट कर्मचारी समिट रिजाल र उत्कृष्ट कार्यसमिति सदस्य पुर्ण कवारी बुढा सम्मानित हुनुभयको छ ।
त्यस्तै विभिन्न परियोजनाहरुमा समन्वय र मानसिक स्वास्थ्यको सवालमा सूचना र पैरवीमा उल्लेखनीय कार्य गरे बापत पत्रकार राजु लामिछाने, जिल्लाको शान्ति सुरक्षा र अपराध नियंत्रण तथा परियोजना क्षेत्रमा योगदान पुर्याय बापत जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई सम्मान गरिएको छ ।
त्यस्तै भुकम्प प्रभावित संस्थाका साधारण सदस्य एकजना र दीर्घरोगी एकजनालाई पनि नगद रकम हस्तान्तरण गरिएको छ ।
साधारण सभामा संस्थाका सचिव खम्बुसिह श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन र आव ०८०/८१ को नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।