पाँच हजार बढीले लिए आयुर्वेदिक स्वास्थ्य सेवा
64x64
२०८० पुष १४ शनिबार प्रेसपालिका संवाददाता
892 Views

रुकुम पश्चिम १४, पुस ।

रुकुम पश्चिमको मुसिकोटमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रबाट चालु वर्षको साउन देखि हालसम्म ५ हजार बढीले आयुर्वेदिक सेवा लिएका छन् । आयुर्वेद चिकित्सक मान बहादुर ओलीका अनुसार ६ महिनाको अवधिमा ५ हजार ६ सय ९ जना बिरामीले आयुर्वेदिक सेवा लिएका हुन् ।

 

सेवा लिएका मध्ये ५० प्रतिशत बढी जेष्ठ नागरिक रहेका छन् । आयुर्वेद केन्द्रबाट हाल जेष्ठ नागरिक सेवा, स्तनपायी सेवा, पुर्वकर्म/पंचकर्म, शल्यचिकित्सा र योगसेवा सञ्चालन गरिएको छ ।

 

केन्द्रले २३ किसिमका आयुर्वेदिक औषधि निशुल्क रुपमा बिरामीलाई उपलब्ध गराउँदै आएको छ ।

 

गत आर्थिक वर्षमा आयुर्वेद स्वास्थ्य केन्द्रबाट ११ हजार बढीले सेवा लिएको बताइएको छ । रुकुम पश्चिम लगायत रुकुम पूर्व, रोल्पा र जाजरकोटका बिरामीले आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |