लाइभ चर्च मार्फत भूकम्प प्रभावित दीर्घरोगीलाई आर्थिक सहयोग
64x64
२०८० मंसिर ३० शनिबार प्रेसपालिका संवाददाता
356 Views

सत्य बटाला

रुकुम पश्चिम ३०, मङ्सिर ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेका भूकम्प प्रभावित क्षेत्रका ४५ जना दीर्घरोगीलाई अमेरिकामा रहेको नेपाली लाईभ चर्चले सहयोग पठाएको छ । नेपाली कमिटी लाइभ चर्च मार्फत ६ लाख भूकम्प प्रभावित मृतकका परिवार र दृर्घरोगीको लागि सहयोग पठाएको हो ।

उक्त रुपैयाँ आठविसकोट नगरपालिकामा रहेको आयालोन स्थिर ए.जि. चर्च पास्टर रमेश कुमार शाहीको सहकार्यमा ४५ जना दीर्घरोगीलाई ३ लाख बढी रकम वितरण गरिएको छ ।

सो आर्थिक सहयोग विरामीको अवस्थाको आधारमा १२ जनालाइ १० हजारका दरले वितरण गरिएको छ भने ३३ जना दीर्घरोगीलाई ५ हजारको दरमा वितरण गरिएको पास्टर शाहिले बताउनुएको छ ।

यस अघि पहिलो चरणमा २८ जना मृतकका परिवारलाई १० हजारको दरले वितरण गरिएको पास्टर शाहिले बताउनुएको छ । अब केही रकम उपलब्ध भयो भने सुत्केरी आमालाइ वितरण गर्ने इच्छा भएको उहाँको भनाइ छ ।

उता अमेरिकामा रहेका बटालाले आफूले संकलन गरेर पठाएको रकम सहि ठाउँमा सदुपयोग गरेकोमा आठविसकोट नगरपालिकामा रहेको आयालोन स्थिर ए.जि.चर्च लगायत आठविसकोटमा राहत वितरण गर्न सहयोग गर्ने सबैलाई विशेष धन्यवाद समेत दिनुभएको छ ।

आफू यस्तै गरिव, असहाय, निमुखा बर्गलाइ सदैव सहयो गर्ने र सहयोगी दाताहरु सँग पहल गर्न सदैव लागिरहने बटालाले बताउनुभएको छ ।

भौतिक रूपमा उपस्थित भएर सहकार्य गर्ने अवस्था नभए पनि भूकम्प प्रभावित बाट मृतक परिवार र दृर्घरोगीलाई पीडामा मलहम लगाउन आफ्नो नेतृत्वमा सकेको सहयोग सङ्कलन गरेर आठविसकोट नगरपालिकामा रहेको चर्चमा जम्मा गरिदिएको बटालाको भनाई छ ।

यसअघि पनि आफुले भूकम्प प्रभावितका लागि सहयोग पठाएको बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News