डिग्रेशाईकुमारी मन्दिरमा आजदेखि पूजापाठ
64x64
२०८० मंसिर ०७ बिहिबार प्रेसपालिका संवाददाता
286 Views

रुकुम पश्चिम ७, मङ्सिर ।
रुकुम पश्चिममा रहेको कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक स्थल डिग्रेशाईकुमारी मन्दिरमा आजदेखि पूजापाठ सुरु भएको छ । हरेक वर्षको कात्तिक शुक्ल हरिबोधिनी एकादशी देखि पूर्णिमाको दिन सम्म दर्शनार्थीको बाक्लो भिड लाग्ने मन्दिरमा बिहानैदेखि पूजापाठ सुरु भएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीले बिहान साढे ५ बजे देखि शाईकुमारी मन्दिरको दर्शन तथा पूजापाठका लागि श्रद्दालु भक्तजनको बाक्लो उपस्थिति रहेको बताउनुभएको छ । उहाँका अनुसार डिग्रे मन्दिरमा बाह्रैमास पूजापाठ हुँदै आएपनि मूल पर्वको रुपमा एकादशी देखि पूर्णिमाको दिन सम्म भव्य रुपमा पूजापाठ र मेला लाग्ने गर्दछ ।

आज एकदाशीको दिन भने मन्दिरमा बोकाबली नहुने र शुद्ध शाकाहारी पूजापाठ हुने बताइएको छ । सोही अनुसार मन्दिरमा आउने भक्तालुजन र दर्शनार्थीका लागि सरल रुपमा पूजापाठ गर्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिले बताएको छ । त्यस्तै मन्दिरको भिडलाई मध्यनजर गर्दै यसवर्ष देखि सिसि क्यामेरा जडान गरिएको छ ।

शाईकुमारी मन्दिरमा पूजापाठ गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । मन्दिर दर्शन तथा पूजापाठका लागि देश तथा विदेशका भक्तजन र श्रद्धालुहरु डिग्रे मन्दिरमा पुग्ने गर्दछन् ।

यस मन्दिरमा एक वर्षको अवधिमा १ लाख बढी दर्शानार्थीले अवलोकन तथा पूजापाठ गर्ने बताइएको छ । अहिलेसम्म मन्दिरको लिखित दस्ताबेज नभेटिए पनि विक्रम सम्वत् १८४१ देखि पूजापाठ सुरु गरिएको जानकारहरुको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |