भूकम्प पीडितलाई एक लाख रकम सहयोग 
64x64
२०८० मंसिर ०७ बिहिबार प्रेसपालिका संवाददाता
926 Views

रुकुम पश्चिम ७, मङ्सिर ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष भिमप्रसाद जैसीले भूकम्प पीडितहरुको सहयोगका लागि व्यक्तिगत रूपमा एक लाख रुपैया सहयोग गर्नुभएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार वडाअध्यक्ष जैसीले चौरजहारी नगरपालिका प्रकोप व्यवस्थापन कोषको खातामा एक लाख रकम जम्मा गर्नुभएको हो ।

भूकम्पमा परी घरवार विहिनहरुको घर पुनर्निर्माण र राहतका लागि थोरै भएपनि सहयोग पुगोस भनेर सकेको सहयोग गरेको वडाअध्यक्ष जैसीले वताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News