डिग्रेशाईकुमारी मन्दिरमा सप्ताहव्यापी महायज्ञ
64x64
२०८० मंसिर ०६ बुधबार प्रेसपालिका संवाददाता
287 Views

रुकुम पश्चिम ६, मङ्सिर ।
रुकुम पश्चिममा अवस्थित कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक स्थल डिग्रेशाईकुमारी मन्दिरमा पहिलोपटक सप्ताहव्यापी महायज्ञ सुरु गरिएको छ । मुसिकोट नगरपालिका -५, मा रहेको शाईकुमारी मन्दिर व्यवस्थापन समितिको आयोजनामा सप्ताहव्यापी महायज्ञ अर्थात् शृङ्गारिक महाआरती महोत्सव २०८० सुरु गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीले सिद्धबाबा मन्दिर तथा धर्मशाला निर्माणार्थका लागि शाईकुमारी मन्दिर परिसरमा श्रीमद भागवत महायज्ञ सुरु गरिएको बताउनुभएको छ । सो महायज्ञ आजदेखि सुरु भइ १२ गते सम्म सञ्चालन हुने भएको छ ।

दैनिक दिन बिहान ६ बजे देखि राती ९ बजे सम्म सञ्चालन हुने महायज्ञमा वेदपाठ, भजन कीर्तन, कथा प्रवचन, विविध धार्मिक नाटक र झाँकी लगायत कार्यक्रम राखिएको छ । त्यस्तै महायज्ञमा दान गर्ने दातालाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको बताइएको छ ।

प्रत्येक वर्षको कात्तिक शुक्ल हरिबोधिनी एकादशी देखि पूर्णिमाको दिन सम्म शाइकुमारी मन्दिरमा भव्य रुपम पूजापाठ तथा मेला लाग्ने गर्दछ ।

यस मन्दिरमा पूजापाठ गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । शाईकुमारी मन्दिर दर्शनका लागि देश तथा विदेशका भक्तजन र श्रद्धालुहरु डिग्रे मन्दिरमा पुग्ने गर्दछन् ।

एक वर्षको अवधिमा शाईकुमारी मन्दिरमा १ लाख बढी दर्शानार्थीले अवलोकन तथा पूजापाठ गर्ने बताइएको छ । अहिलेसम्म मन्दिरको लिखित दस्ताबेज नभेटिए पनि विक्रम सम्वत् १८४१ देखि पूजापाठ सुरु गरिएको जानकारहरुको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |