मेरोमाइक्रोफाइनान्सले वितरण गर्यो राहत वितरण
64x64
२०८० कार्तिक २७ सोमबार प्रेसपालिका संवाददाता
135 Views

रुकुम पश्चिम २७, कात्तिक ।
जाजरकोट जिल्ला बारेकोट गाउँपालिका -१, स्थित रामीडाँडामा केन्द्रविन्दु बनाइ गत १७ गते राती ११.४६ बजे गएको ६.४ रेक्टर विनाशकारी भूकम्पमा परेका भूकुम्प पीडित सदस्यलाई   मेरोमाइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था  लिमिटेड कालिमाटी जाजरकोट शाखाले आठ लाख  रुपैयाँ बराबरको राहत बितरण गरेको छ ।

गत १७ गते गएको भूकम्पमा परि नलगाड नगरपालिका १ देखि ७ नम्बर वडा अन्तर्गत पाली, कल्पत, डाँडागाउ, कैना, चाउलीचौर, करुवा, कट्के, बाङ्गेडाडा, गराक्ली, औल, भारगाउँ, थाप्ला, लहँ, खनटाकुरा, कालिमाटी, दल्ली, बारेकोट गाउँपालिका -८, कोल्लेनी गाउँ, सागुतारा गाउँ, रुकुम पश्चिम अन्तर्गत ११,१३ र १४  चिसापानी, भल्म, घेत्मा गाउँ, पिपलगैरा र भेरी नगरपालिका -१, रिम्नाका विभिन्न केन्द्रका गरि ३ सय ९८ जना भूकुम्प पीडित सदस्यलाई राहत अनुगमन कार्यालय बिरेन्द्रनगर सुर्खेतका अनुगमन अधिकृत जयन्त भण्डारीको उपस्थितिमा वितरण गरेको शाखा प्रबन्धक प्रेम बहादुर विकले जानकारी दिनुभएको छ ।

मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिंदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News