असल छिमेकीले बाँड्यो राहत
64x64
२०८० कार्तिक २७ सोमबार प्रेसपालिका संवाददाता
515 Views

रुकुम पश्चिम २७, कात्तिक ।
असल छिमेकी नेपाल पोखराले रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि विभिन्न प्रकारका राहत सामग्री वितरण गरेको छ । आठबिसकोट नगरपालिका वडानम्बर -७,९,११ र १२ का भूकम्पले घरबार गुमाएका २ सय ३० घरपरिवारलाई  तत्काललाई खान र बस्न मिल्ने राहत वितरण गरेको असल छिमेकी नेपाल पोखराका योजना अनुगमन मुल्याङकण तथा सञ्चार बिभाग प्रमुख दिनेश केसीले जानकारी दिनुभएको छ ।

राहत सामग्रीमा प्रति परिवार २५ किलोको १ बोरा चामल, रातो दाल २ किलो, नुन १ किलो, खाने तेल २ लिटर, चिउरा २ किलो, चाउचाउ ५ वटा, भुजिया-दालमोठ २०० ग्राम, चिनी १ किलो, चियापत्ति २०० ग्राम, बिस्कुट १२ वटाको प्याकेट, सोयाबिन मस्यौरा ०.५ किलो र सेनिटरी प्याड ४ प्याकेट वितरण गरेको छ । त्यस्तै लुगा धुने साबुन २ सय ग्रामको ५ वटा, नुहाउने साबुन ७५ ग्रामको ४ वटा, दाँत माझ्ने मन्जन १ वटा, दाँत माझ्ने ब्रस ५ वटा, ब्ल्याङकेट १ थान मोटोमा, ब्ल्याङकेट पातलोमा १ थान र कालो पि–फोम म्याट ४ मिटर (०.१२ एमएमको), त्रिपाल १८-२४ साइजको २ थान र जेब्रा झोला गरि प्रति परिवार १५/५५ रुपैयाँको सामग्री वितरण गरिएको असल  छिमेकी नेपाल पोखराका योजना अनुगमन मुल्याङकण तथा सञ्चार बिभाग प्रमुख केसीको भनाइ छ ।

असल छिमेकीले बाँड्यो राहत - प्रेस पालिका

उहाँका अनुसार नगरका १ सय २० जना गर्भवती तथा सुत्केरी महिलाका लागि सुत्केरी प्याकेज प्रति व्यक्ति ४ हजार ३ सय ७५ रुपैयाँ बराबरको, उनीको पच्छ्यौरा १ थान, बच्चाको ब्ल्यान्केट १ थान, पोलार ब्ल्यान्केट १ थान, घ्यू, ज्वानो २ ग्राम, मेथी १ ग्राम, मोजा २ जोडी, आमालाई उनिको टोपी १ थान, बच्चालाई उनिको टोपी १ थान, तोरीको तेल १ लिटर, लुगा धुने साबुन २ सय ग्रामको ३ वटा, नुहाउने साबुन ७५ ग्रामको २ वटा र जेब्रा ब्याग १ थान बितरण गरिएको छ भने ४८ परिवार तथा सरकारी निकायका लागि शुद्ध पानी फिल्टर समेत वितरण गरिएको छ ।

पोखराबाट राहत लिएर पुगेको टोलीले नगरपालिकाको समन्वयमा भूकम्प प्रभावितहरुलाई राहत आफैं वितरण गरेको हो  ।

असल छिमेकीले बाँड्यो राहत - प्रेस पालिका

राहत असल छिमेकी नेपाल तथा पोखरेली ख्रीष्टिय समुदायको संयुक्त पहल तथा रुकुमेली ख्रीष्टिय मिशन समाजको सहकार्यमा वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजु अधिकारी, योजना, अनुगमन मूल्यांकन तथा संचार विभाग प्रमुख दिनेश केसी, पोखरेली ख्रीष्टिय समुदायका महासचिव, सन्जिप थापा, रुकुमेली ख्रष्ट्रिय मिशन समाजका अध्यक्ष अबिनाश बुढा लगायत असल छिमेकी नेपाल पोखराका टिमको अपस्थिति रहेको थियो ।

रुकुम पश्चिमा भूकम्पमा परि ५३ जनाको मृत्यु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News