भूकम्पबाट घाइते एकजनाको मृत्यु
64x64
२०८० कार्तिक २४ शुक्रबार प्रेसपालिका संवाददाता
261 Views

रुकुम पश्चिम २४, कात्तिक ।
गत हप्ता जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर घाइते एकजनाको मृत्यु भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडानम्बर -१, का २२ वर्षीय निरक विष्टको आज बिहान ९ बजेतिर मृत्यु भएको हो ।

प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा विष्टको मृत्यु भएको छ । मृतक विष्ट चौरजहारी नगरपालिकामा नगर प्रहरीको रुपमा कार्यरत थिए ।

यो संगै रुकुम पश्चिममा भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । यसअघि भूकम्पमा परेर आठविसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको थियो ।

त्यस्तै रुकुम पश्चिममा भूकम्पबाट गम्भीर घाइते २५ जनाको अझैपनि सुर्खेत, नेपालगन्ज र काठमाडौमा उपचार भैरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News