भूकम्प प्रभावितलाई नगद रकम हस्तान्तरण
64x64
२०८० कार्तिक २१ मंगलबार प्रेसपालिका संवाददाता
254 Views

रुकुम पश्चिम २१, कात्तिक ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडानम्बर -१, कल्पत स्थित दुर्गा परियारलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां लि. कालिमाटि जाजरकोट शाखाले २५ हजार रुपैयाँ  सहयोग रकम हस्तान्तरण गरेको छ । कल्पत गाउँ  स्थित मेरो कल्पत महिला केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएकी सदस्य दुर्गा परियारको गत १७ गते गएको बिनाशकारी भूकुम्पमा परि सदस्यका २ छोराहरुको दुखद निधन  भयकोले निज सदस्यलाइ क्रिया खर्च रकम अनुगमन कार्यालय बिरेन्द्रनगर, सुर्खेतबाट आउनु भएका अनुगमन अधिकृत जयन्त भन्डारी द्वारा हस्तान्तरण गरिएको शाखा प्रबन्धक प्रेम बहादुर विकले जानकारी दिनुभएको छ ।

सदस्य मेरोमाइक्रोफाइनान्स कालिमाटी शाखा अन्तर्गत बिगत २०७८ साल देखि समूहमा आवद्ध भएर कारोबार गर्दै आउनु भएको थियो ।

मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई वित्तीय सेवा दिंदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News