सिङ्गो राष्ट्र भूकम्प पीडितको साथमा छ : प्रधानमन्त्री प्रचण्ड
64x64
२०८० कार्तिक १८ शनिबार प्रेसपालिका संवाददाता
37 Views

रुकुम पश्चिम १८, कात्तिक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुकुम पश्चिममा पुगेर सिङ्गो राष्ट्र भूकम्प पीडितको साथमा रहेको बताउनुभएको छ । शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पको प्रभावित क्षेत्रको आज अनुगमन तथा निरीक्षणमा आउनुभएका प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले भूकम्पबाट ज्यान गुमाएका आफन्तलाई सम्झाउँदै विपदले निम्त्याएको दुखको यस घडीमा दुखी नहुन आग्रह गर्नुभयो । `यतिबेला रुकुम पश्चिम र जाजरकोट भूकम्पबाट प्रभावित बनेको छ, ठूलो जनधनको क्षति भएको छ । यसकारण पूरै देश र सरकार भूकम्प पीडितको साथमा छ, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।´

त्यस्तै भूकम्प प्रभावित क्षेत्रका पीडित घरपरिवारलाई सरकारले तत्काल राहत र सहयोगको व्यवस्था गरिने विश्वास दिलाउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, मुसिकोट र आठबिसकोट अस्पताल पुगेर घाइतेको अवस्थाका विषयमा समेत जानकारी लिनुभएको छ । उहाँले भूकम्पमा घाइते भएकाको उपचारमा कुनै कमी नगर्न समेत सम्बन्धित पालिकामा रहेका अस्पतालका डाक्टरहरुलाई निर्देशन दिनुभएको छ ।

रुकुम पश्चिममा शुक्रबार राती गएको भूकम्पमा परेर ५२ जनाको मृत्यु भएको छ । गम्भीर २७ घाइतेलाई जिल्ला बाहिर रिफर गरिएको छ । २६ जनाको जिल्लामै उपचार भैरहेको छ । १ ७४ जनालाई डिस्चार्ज गरिएको छ ।

भूकम्पबाट आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी ४३ र सानीभेरी गाउँपालिकामा ९ जनाको ज्यान गएको छ । अन्य पालिकामा मानवीय क्षति भएको छैन ।

त्यस्तै भूकम्पबाट क्षति पुगेका भौतिक संरचनाको  विवरण संकलन गर्ने कार्य समेत भैरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News