भूकम्पबाट १८ बढीको मृत्यु
64x64
२०८० कार्तिक १८ शनिबार प्रेसपालिका संवाददाता
47 Views

रुकुम पश्चिम १८, कात्तिक ।
शुक्रबार राती गएको ६.४ रेक्टरको भूकम्पमा परेर रुकुम पश्चिममा १८ भन्दा बढीको मृत्यु भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आठबिसकोट नगरपालिकामा मात्रै १८ बढीको  मृत्यु भएको हो ।

भूकम्पमा १ सय ५० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक जानकारी अनुसार आठबिसकोट नगरपालिकाको -११, १२, १३, र १४ वडामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । त्यस्तै जिल्लाको अन्य पालिकामा पनि मानवीय क्षति भएको अनुमान गरिएको छ ।

रातको समय भएकाले भूकम्पले पुर्याएको क्षतिको एकिन विवरण आउन सकेको छैन । भुकम्पले अधिकांश घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको र ठाउँ-ठाउँमा पहिरो खसेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News