कृषि र पशु सेवा प्राविधिकका लागि अभिमुखीकरण
64x64
२०८० कार्तिक १६ बिहिबार प्रेसपालिका संवाददाता
435 Views

रुकुम पश्चिम १६, कात्तिक ।
रुकुम पश्चिमका स्थानीय तहमा कार्यरत कृषि र पशु सेवा प्राविधिकहरुको लागि पकेट, बल्क विकास कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई सल्यान, रुकुम पश्चिमको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा गत आर्थिक बर्ष २०७९/०८० को पकेट बल्क कार्यक्रमको समिक्षा तथा आर्थिक बर्ष ८०/०८१ को कार्यक्रमको बारेमा छलफल भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई सल्यान , रुकुम पश्चिमका कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिनुभएको छ । त्यस्तै जिल्लामा सञ्चालित पकेट बल्क कार्यक्रमको कार्यान्वयनको अवस्थाको बारेमा पनि कार्यक्रममा छलफल भएको छ ।

साथै कार्यक्रममा जिल्लामा पशु तथा कृषि क्षेत्रको अवस्थाका बारेमा पनि छलफल भएको बताइएको छ । शमशितोष्ण बिउ उत्पादन केन्द्र चापा रुकुम पश्चिमको हलमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित सबै पालिकाका पशु तथा कृषि शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई सल्यान-रुकुम पश्चिमका नायब प्राविधिक सहायक बिनोद ओलीको सञ्चालन रहेको अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय उप-प्रमुख देब बहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |