विश्च खाद्य दिवसको अवसरमा सिर्पाली सम्मानित
64x64
२०८० कार्तिक १६ बिहिबार प्रेसपालिका संवाददाता
1206 Views

रुकुम पूर्व १६, कात्तिक ।
रुकुम पूर्वमा “जीवन र खाद्यको आधार हो पानी” भन्ने मुल नाराको साथ ४३ औं विश्च खाद्य दिवस २०८० काे उपलक्ष्यमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम (पूर्वी भाग) को आयोजनामा जिल्लाको कृषि तथा खाद्य सुरक्षा र आर्थिक विकासको क्षेत्रमा योगदान पुर्याउने उत्कृष्ट कृषक/कृषि तथा पशुसेवा प्राविधिक/कृषि सहकारी/पत्रकारलाई पुरस्कार वितरण तथा सम्मान गरिएको हाे ।

जसअन्तर्गत जिल्लाकाे कृषि तथा खाद्य सुरक्षा र आर्थिक विकासकाे क्षेत्रमा कलम चलाएर उल्लेखनीय याेगदान पुर्याएकाे भन्दै रेडियो पूर्वी रुकुमका समाचार प्रमुख तथा हिमाली अनलाइनका सञ्चालक निराजन विक (सिर्पाली) लाई कदर स्वरुप नगद ३ हजार सहित सम्मान पत्रले सम्मान  गरिएको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम (पूर्वी भाग) का कार्यालय प्रमुख पिताम्बर बस्नेतको अध्यक्षता तथा रुकुम पूर्वका जिल्ला समन्वय समिति उप प्रमुख मोहन बहादुर केसीको प्रमुख आतिथ्यतामा उक्त पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |