रुकुम पूर्व जिल्ला अस्पताललाई ब्लाङकेट सहयोग
64x64
२०८० कार्तिक १५ बुधबार प्रेसपालिका संवाददाता
438 Views

निराजन सिर्पाली
रुकुम पूर्व १५, कात्तिक ।
हिमाली जिल्ला रुकुम पूर्वमा चिसो वढेसंगै जिल्ला अस्पतालमा भर्ना भै उपचार गरि रहेका गर्भवति, सुत्केरी र नवजात शिशु तथा अन्य विरामिहरु प्रत्यक्ष  समस्यामा परिरहेका छन् । हिउँदयाममा निकै चिसो हुने रुकुम पूर्वमा वर्षेनी हिउँ पर्दछ भने हाल चिसो मौसम सुरु भैसकेको छ ।

चिसो वढे संगै जिल्ला अस्पतालको समस्यालाई मध्यनजर गरि रुकुम पूर्वको स्वास्थ्य क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था फेयरमेड फाउण्डेशन र सर्वाङ्गीण विकास केन्द्र (एचडिसि नेपाल) को ग्रामिण स्वास्थ्य सुधार परियोजना अन्तर्गत १५ थान ब्लाङकेट बुधवार एक कार्यक्रमका विच रुकुम पूर्व जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको विशेष उपस्थिति र आतिथ्यता रहेको हस्तान्तरण कार्यक्रममा स्वास्थ्य कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पुष्कल प्रसाद श्रेष्ठ, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जिवि वुढा, रुकुम पूर्व अस्पतालका मेसु जितेन्द्र कोईराला, स्वास्थ्य कार्यालयका ल्याब निरीक्षक निम प्रसाद गिर, कोल चेन निरिक्षक मनोज श्रेष्ठ, फेयरमेड फाउण्डेशनका दान वहादुर कार्की, एचडिसि नेपालका निर्देशक लिलामणि गौतम लगायतको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जिल्ला अस्पताल जिल्लाकै एक मात्र सरकारी अस्पताल र रिफरल सेन्टर भएकोले यसलाई थप व्यवस्थित र प्रभावकारी रुपमा गुणस्तरीय सेवा प्रवाह गर्न सक्षम बनाउने कार्यमा सवैको हातेमालो हुनुपर्ने बताउनुभएको छ ।

साविकको रुकुमकोट स्वास्थ्य चौकीमा जिल्ला विभाजन पछि रुकुम पूर्व जिल्ला अस्पताल संञ्चालनमा छ । सिमित भौतिक संरचना र आवश्यक सामग्री तथा उपकरण अभावमा पनि आफ्नो टिम गुणस्तरीय सेवा प्रवाहमा लागेको र सरोकारवाला निकायहरुबाट सानो सहयोग प्राप्त हुँदा पनि तत्कालिन आवश्यकताहरु परिपूर्ति हुने भएकोले अस्पतालका मेसु डा. जितेन्द्रराज कोईरालाले आगामी दिनमा सहयोग र सहकार्यको लागि सहयोगी निकायलाई धन्यवाद सहित आग्रह गर्नुभएको छ ।

रुकुम पूर्व जिल्लामा ग्रामिण स्वास्थ्य सुधार परियोजना संञ्चालनमा आए पछि जिल्लाको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि संगै स्वास्थ्यका अन्य विभिन्न क्षेत्रहरुमा ठुलो सहयोग भएको स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख पुष्कल प्रसाद श्रेष्ठले वताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |