प्रशासकीय अधिकृत शाहले गरे जन्मदिनको अवसरमा अक्षयकोष स्थापना
64x64
२०८० कार्तिक १५ बुधबार प्रेसपालिका संवाददाता
362 Views

सत्य बटाला
रुकुम पश्चिम १५, कात्तिक ।
जन्म दिनमा गरिने खर्चलाई कटाएर आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले क्याम्पसमा अक्षयकोष स्थापना गरेका छन् । ४१ वर्ष पूरा भएको अवसरमा अधिकृत शाहले आठबिसकोट -९, स्थित राडीज्युला शिक्षा क्याम्पसमा दुई लाख एघार हजार एक सय रुपैयाँको अक्षयकोषको स्थापना गरेका हुन् ।

शाहले शिक्षामा सुधार ल्याउन र क्याम्पसमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्नको लागि अक्षयकोष स्थापना गरिएको बताएका छन् । उनले भने, `कोषबाट जेहेन्दार बिद्यार्थीले छात्रवृत्ति पाउने छन्।’

शाहका बुवा आमा बिरेन्द्र कुमार शाह र प्रेमा शाहको नाममा बिरेन्द्र प्रेमा स्मृति पुरस्कारका लागि उक्त कोष स्थापना गरिएको बताईएको छ । सो अक्षयकोषबाट विएड चौथो वर्षमा अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्ट अंक ल्याएर उतिर्ण हुनेलाई पुरस्कार स्वरुप रकम प्रदान गरिने जनाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News