सल्ले अस्पतालमा ब्लड बैंक स्थापना
64x64
२०८० कार्तिक १३ सोमबार प्रेसपालिका संवाददाता
149 Views

रुकुम पश्चिम १३, कात्तिक ।
रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक स्थापना गरिएको छ । आज मुसिकोट नगरपालिका, रुपान्तर नेपाल र रेडक्रस सोसाइटीको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो ।

अस्पतालमा आउने बिरामीलाई आकस्मिक रुपमा रगत आवश्यक पर्दा तत्काल त्यसको व्यवस्था गर्न ब्लड बैंक स्थापना गरिएको अस्पताल विकास समितिका अध्यक्ष टेक बहादुर कुसारीको भनाइ छ । उहाँले ब्लड बैंक स्थापनाका लागि रुपान्तर नेपालको सहयोगबाट ३० लाख रकम बराबरको उपकरण प्राप्त भएको बताउनुभएको छ ।

ब्लड बैंक स्थापनाले अबदेखि जिल्ला अस्पतालमा रगत अभावको समस्या अन्त्य हुने भएको छ । त्यसका लागि ब्लड बैंकमा इच्छुक जुनसुकै रक्तदाताले अस्पतालमा आएर रक्तदान गर्न सक्नेछन् ।

यसअघि जिल्लामा आकस्मिक ब्लड बैंक संचालन गरिए पनि सो सेवा प्रभावकारी नहुँदा जिल्ला अस्पतालमा बेलाबेला रगतको अभाव हुने गरेको थियो ।

अबभने दीर्घकालीन समयका लागि ब्लड बैंक स्थापना गरिएकाले जुनसुकै समयमा ब्लड उपलब्ध हुने अस्पतालको भनाइ छ ।

२०४५ सालमा स्थापना भएको जिल्ला अस्पतालमा हाल विशेषज्ञ सहितको सेवा उपलब्ध हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News