दुबैपक्ष बिच मिलापत्र : खुट्टा ढोगेर माफी
64x64
२०८० कार्तिक ०३ शुक्रबार प्रेसपालिका संवाददाता
602 Views

रुकुम पश्चिम ३, कात्तिक ।
मादक पदार्थ सेवन गरेर दादागिरी देखाएर चर्चामा आएका दुई बहालवाला वडा अध्यक्ष र पीडित बिच अन्ततः मिलापत्र भएको छ । गत शनिबार आठबिसकोट नगरपालिका -१३ र १४, का वडा अध्यक्षले दिउँसै रक्सी खाएर दादागिरी गरेको भिडियो सार्वजनिक भएपछि बिहीवार बेलुकी मौखिक मिलापत्र भएको हो ।

प्रेसपालिकालाई प्राप्त सूचना अनुसार दुबै वडाका वडा अध्यक्ष र पीडित पक्षबिच मुसिकोटको एक घरमा मिलापत्र भएको छ । मिलापत्रमा वडानम्बर -१३, का अध्यक्ष टेक बहादुर थापा र १४ का हुकुम पुनले आफ्नो गल्ती स्वीकार गर्दै खुट्टा ढोग गरेर माफी मागेका छन् । उनीहरूले भिडियोमा पीडित भनिएकी महिला र उनका श्रीमानको खुट्टा निधारले छुँदै माफी मागेका हुन् ।

दुबै अध्यक्षले आफूहरूबाट गल्ती भएको र आगामी दिनमा यस्ता कार्य नगर्ने भन्दै माफी मागेको बताइएको छ ।

त्यस्तै मौखिक मिलापत्रमा दुबै पक्षले न्यायका लागि ईलाका प्रहरी कार्यालय आठबिसकोटमा दिएको निवेदन पनि फिर्ता लिने सहमति गरेका छन् । त्यसका लागि दुबै पक्षले तत्काल ईलाका कार्यालय जाने निर्णय गरेका छन् ।

मुसिकोटमा भएको मौखिक मिलापत्र भने नेकपा एमालेका पार्टी सचिव शसिराम नेपालीको सहजीकरणमा भएको जानकारी दिइएको छ ।

केही दिन अघि मात्रै वडा अध्यक्षहरुको हर्कत सहितको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि उनीहरूको व्यापक आलोचना भएको थियो । दुबै अध्यक्षले गत शनिबार दिउँसै रक्सी सेवन गरेर वडानम्बर -१३, को भल्म ज्यूलामा लफडा गरेका थिए । सो दिन बहालवाला दुबै जना अध्यक्षले स्थानीय एक महिलालाई हातपात गर्दै अपशब्द बोलेको भिडियो भाइरल भएको थियो ।

यता अध्यक्षहरुले भने पीडित भनिएका परिवारका एकजना आफन्तले सोही दिन वडानम्बर -१४, का अध्यक्षमाथि रड प्रहार गरेकाले त्यसको प्रतिवादमा उत्रिनुपरेको बताएका थिए ।

अन्ततः दुबैपक्षले आगामी दिनमा मिलेर जाने भन्दै भद्र सहमति गरेका छन् ।

दुबैजना वडा अध्यक्ष स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |