रक्सी सेवन गरेका दुई वडा अध्यक्षको दादागिरी
64x64
२०८० असोज ३० मंगलबार प्रेसपालिका संवाददाता
10845 Views

रुकुम पश्चिम ३०, असोज ।
रुकुम पश्चिमका दुई बहालवाला वडा अध्यक्षले मादक पदार्थ सेवन गरेर दादागिरी देखाएका छन् । आठबिसकोट नगरपालिका -१३ र १४, का वडा अध्यक्षले दिउँसै रक्सी खाएर अपशब्द बोल्दै  गाउँमा दादागिरी देखाएका हुन् ।

प्रेसपालिकालाई प्राप्त दुई मिनेट बढीको भिडियोमा वडानम्बर -१३, का अध्यक्ष टेक बहादुर थापा र १४ का अध्यक्ष हुकुम पुनले रक्सीको तालमा अनौठो हर्कत देखाएका छन् । वडानम्बर १३, को भल्म ज्यूलामा गत शनिबार दिउँसै अत्यधिक मात्रामा रक्सी खाएर जनप्रतिनिधिको धज्जी उडाउँदै लोक हसाउने काम गरेका छन् । उनीहरूले स्थानीय एक होटेलमा ३० भन्दा बढी बियर खाएको सूचना प्राप्त भएको छ ।

प्राप्त भिडियोमा बहालवाला दुबै जना अध्यक्षले स्थानीय एक महिलालाई हातपात गर्दै लफडा चलाएका छन् । महिला भने रोइकराइ गरेकी छन् । तर उनीहरूले आफूहरू वडा अध्यक्ष भएको र कसैले केही गर्न नसक्ने धम्की दिएका छन् ।

नसाको तालमा लाजमर्दो हर्कत गरेका दुबै जना अध्यक्षले ठूलो-ठूलो स्वरमा बोलेका छन् । राम्रोसँग हिंड्न् नसक्ने गरि रक्सी खाएका एक जना अध्यक्षले आफूले बोकेको झोला समेत आवेगमा आएर भूइंमा पछारेको देखिन्छ । उनीहरुको साथमा वडा सदस्यहरू पनि देखिएका छन् । त्यस्तै केही स्थानीय युवा पनि झगडा चलिरहेको भिडियोमा देखिएका छन् । झगडामा अध्यक्षहरुले कसैको कुरा सुन्दैनन् ।

भिडियोमा यति विल्डर्सका इन्चार्ज पतिराम रोका पनि देखिएका छन् । रोका सहित रक्सी खाएर दादागिरी गर्ने दुबै जना अध्यक्ष बिहानै देखि स्थानीय होटेलमा सङ्गै रहेको बताइएको छ ।

बहालवाला दुई अध्यक्षको हर्कत र दादागिरीले जनप्रतिनिधिको बद्नाम मात्रै होइन, उनीहरूको व्यवहारले जनताले दिएको मतको अपमान भएको छ ।  सुरक्षामा खतरा बढेको देखिन्छ । जनताको मत पाएर जनताकै सेवामा समर्पित हुनुपर्नेमा उल्टै जनता सङ्ग झगडा गर्दै हिंड्नुले उनीहरूको पदीय जिम्मेवारीमा प्रश्न उठेको छ ।

दुबैजना वडा अध्यक्ष स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । वडानम्बर -१४, का वडा अध्यक्ष पुन भने २०७४ को स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी पुनः दोस्रोपटक समेत वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

दुबै बहालवाला अध्यक्ष माओवादी पार्टीको विभिन्न जिम्मेवारीमा समेत आवद्ध रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |