होटेलमा महिला मृत, चेकमा नाम भावना
64x64
२०८० असोज ३० मंगलबार प्रेसपालिका संवाददाता
3878 Views

रुकुम पश्चिम ३०, असोज ।
रुकुम पश्चिमको सत्कार होटेलमा अन्दाजी २८/२९ वर्षकी एक महिला मृत अवस्थामा भेटिएकी छन् । आज बिहान बाहिरबाट ताला लगाइएको होटेलको कोठा खोल्दा एक महिला मृत भेटिएकी हुन् ।

प्रहरीका अनुसार अहिलेसम्म मृतक महिलाको आधिकारिक पुष्टि हुन नसके पनि उनको साथमा एउटा लेडिज झोला भेटिएको छ । उक्त झोला भित्र भावना विक नाम गरेको बैंकको चेक समेत फेला परेको छ । तर चेकमा भएको नाम मृतक महिलाको हो, होइन भन्ने एकिन हुन सकेको छैन ।

मृतक महिला होटेलको कोठा नम्बर १ मा मृत्यु भएको अवस्थामा फेला परेकी हुन् । सो कोठा गत आइतबार बुकिङ भएको थियो ।

प्रहरीले घटनाको थप अनुसन्धान गर्ने भन्दै कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याउन लागेको जानकारी दिएको छ । त्यसपछि मात्रै घटनाको बिस्तृत अनुसन्धान थालिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News