विजया दशमीको अवसर पारेर शुभकामना आदानप्रदान
64x64
२०८० असोज २८ आइतबार प्रेसपालिका संवाददाता
442 Views

निराजन सिर्पाली
रुकुम पूर्व २८, असोज ।
विजया दशमी शुभ दिपावली तथा छठ पर्वको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी रुकुम पूर्वले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रमकाे आयोजना गर्दै अखिल क्रान्तिकारीले सदरमुकाम रुकुमकोटमा शुभकामना आदानप्रदान गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै नेकपा माओवादी केन्द्रका नेताहरुले दशै तिहार जस्ता पर्वहरुमा शान्त अनुशासन र मर्यादित ढङ्गले चाडपर्व मनाउन सबैमा आहावन गरेका छन् । त्यस्तै नेताहरूले चाडपर्व मनाउदा कसैलाई असर नपर्ने गरि आफ्नो अनुकुलता र अन्य धर्मावलम्बीहरुको आस्थामा ठेस पुर्याउने हर्कत पनि नगर्न आग्रह गर्दै जिल्लाकाे शान्ति सुरक्षामा खलल नहुने गरि दशै तिहार मनाउन अपिल गरेका छन् ।

अखिल क्रान्तिकारी रुकुम पुर्व जिल्ला संयाेजक चन्द्र रसाइलीकाे अध्यक्षतामा सुरु भएको शुभकामना आदानप्रदान कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख मेग बहादुर श्रेष्ठकाे प्रमुख उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामसर बुढा, पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य हाेम प्रकाश श्रेष्ठ, जिल्ला संयाेजक कुमारी बराल, पाटीका जिल्ला सदस्य तथा अखिल क्रान्तिकारीका फ्याक्स इन्चार्ज जीवन केसी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे संचालन संगठनका जिल्ला कार्यलय सचिव तथा सिस्ने गाउँपालिका इन्चार्ज अम्मर खत्रीले गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |