सिस्नेमा विद्यालय अनुगमन
64x64
२०८० असोज २२ सोमबार प्रेसपालिका संवाददाता
279 Views

निराजन सिर्पाली
रुकुम पूर्व २२, असोज ।
सिस्ने गाउँपालिका द्वारा विद्यालय अनुगमन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । जिल्लाकाे सिस्ने गाउँपालिका वडानम्बर -१, स्थित नवज्योति मावि बल्लेचौरमा विद्यालय तथा भेटघाट गरिएको हो ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गाेपाल रेउले, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख मंगल सिंह बुढा, १ नम्बर वडा अध्यक्ष रज बहादुर बुढा लगायतको उपस्थितिमा विद्यालय अनुगमन तथा भेटघाट कार्यक्रम गरिएको छ ।

उक्त विद्यालय अनुगमन तथा भेटघाट कार्यक्रममा विद्यालयकाे समग्र भौतिक तथा प्राविधिक समस्याको बारेमा छलफल गरिएको छ । नवज्योति मावि बल्लेचौरका प्रधानाध्यापक घनसिङ केसीले विद्यालयमा फिल्डकाे अभाव, थप विद्यालय भवनको अभाव शिक्षक दरबन्दीकाे अभाव तथा विद्यालयकाे समग्र समस्याहरु राख्नुभएको थियो ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले उक्त विद्यालयकाे समस्याहरुलाई प्राथमिकताकाे आधारमा गाउँपालिकाबाट हुन सक्ने बजेट गाउँपालिका र प्रदेश तथा संघबाट हुन सक्ने बजेट संघ तथा प्रदेशबाट गाउँपालिकाले पहल गर्ने बताउनुभएको छ ।

त्यस्तै उक्त टिमले सिस्ने स्वास्थ चौकी सिस्ने -१, मा पनि अनुगमन तथा भेटघाट गरेको छ । त्यहाँ पनि विभिन्न समस्याहरु बर्थिङ सेन्टर, स्वास्थ्यकर्मीहरुकाे अभाव जस्ता समस्याहरु रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |