निराजन सिर्पाली
रुकुम पूर्व २१, असोज ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडानम्बर -२, नायगाडमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । सिस्ने गाउँपालिकाको आयोजनामा एकीकृत घुम्ती शिविर सम्पन्न भएको हाे ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माकाे नेतृत्वमा नायगाडमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
एकीकृत घुम्ती शिविरमा बिरामीको स्वास्थ्य परिक्षण, अपांगता तथा जेष्ठ नागरिक परिचयपत्र वितरण, टोल विकास समिति गठन सम्बन्धी अभिमुखीकरण तालिम र कृषकहरुलाई तरकारीको बिउ-बिजन वितरण गरिएको सिस्ने गाउँपालिका प्रशासन अधिकृत अरुण ओलीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार ४३ जनाले स्वस्थ्य परिक्षण गराएका छन् । जसमा ३३ महिला र १० जना पुरुष रहेका छन् । त्यस्तै १२ जनालाई अपांगता परिचयपत्र तथा १ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । १ सय २३ जना कृषकहरुलाई रायाे साग, गाँजर, मुला, धनिया र केराउको बिउ-विजन वितरण गरिनुका साथै टोल विकास समिति गठन सम्बन्धी अभिमुखीकरण तालिम पनि गराइएको छ ।
सिस्ने गाउँपालिकाकाे १ र २ नम्बर वडा पालिका केन्द्रबाट केही विकट तथा टाढाको दूरीमा रहेकाले गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभएको छ ।
आइतबार वडा २ बाट सुरु गरिएको शिबिर २३ गते वडानम्बर -१, को पाखापानीमा संचालन गरिने सिस्ने गाउँपालिकाले जनाएको छ । शिविरमा गाउँपालिकाबाट सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधिहरु, रुकुम पूर्व अस्पतालका मेडिकल अधिकृत पुर्ण पुन र अनिश श्रेष्ठ लगायतको टाेली रहेको छ ।