बजेट कार्यान्वयनमा आन्तरिक छलफल : मुख्यमन्त्री शर्मा
64x64
२०८० असोज ११ बिहिबार प्रेसपालिका संवाददाता
1102 Views

अमरराज पुन
रुकुम पश्चिम ११, असोज ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको बजेट कार्यान्वयनका लागि  आन्तरिक छलफल थालिएको बताउनुभएको छ  । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले बिहीवार मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै चालू वर्षको बजेट परिचालन र कार्यान्वयनमा छलफल भैरहेको बताउनुभएको हो ।

सरकारले विनियोजन गरेको बजेट हाल संसदीय समितिमा छलफलको विषय बनेको र सोही अनुसार कर्णाली समृद्धिको तयारी गरिएको मुख्यमन्त्रीको भनाइ छ । उहाँले बजेट कार्यान्वयन सङ्गै केही कानुन र कार्यविधि निर्माणलाई पनि सरकारले अगाडि बढाएको बताउनुभएको छ ।

जसअन्तर्गत निजामती ऐन, आमसञ्चार, कर्णाली समृद्धि लगायत कार्यविधि निर्माण गर्न लागिएको मुख्यमन्त्रीले जानकारी दिनुभएको छ ।

त्यस्तै मुख्यमन्त्री शर्माले कर्णालीको मुख्य समस्या नै गरिबी भएकाले त्यसको अन्त्यका लागि कर्णालीका १० हजार युवालाई रोजगारी व्यवस्था गर्ने प्रक्रिया पनि अगाडि बढिरहेको बताउनुभएको छ । त्यसका लागि यससंग सम्बन्धित कानुन र कार्यविधिको पनि थालनी गरिएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री शर्माले अर्को एक फरक प्रसङ्गमा अहिले कर्णाली सरकार संघीयता कार्यान्वयनको संघर्षमा रहेको बताउनुभएको छ । यसबाट एकल र साझा अधिकारको सृजना हुने भएकाले सरकार र सदनमा समेत बहस तथा  छलफल चलाइएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |