निराजन सिर्पाली
रुकुम पूर्व -९, असोज ।
प्रेस सेन्टर नेपाल सिस्ने गाउँपालिका स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रकाे जनवर्गीय संगठन प्रेस सेन्टर नेपाल सिस्ने गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको हाे ।
सोमबार एक कार्यक्रमकाे आयाेजना गरि सिस्ने गाउँपालिका वडानम्बर -५, मा प्रेस सेन्टर नेपाल सिस्ने गाउँपालिका अध्यक्ष निराजन सिर्पालीकाे अध्यक्षतामा बसेकाे बैठकले विभिन्न ४ निर्णयहरु पारित गरिएको छ ।
जसमा समिक्षा तथा रिपोर्टिङ, पालिका कमिटी हेरफेर, माओवादी केन्द्रले सुरु गरेको तीन महीने अभियानमा खट्ने र स्कुलिङ तथा प्रशिक्षण सम्बन्धमा छलफल गरि निर्णय पारित गरिएको छ ।
पालिका कमिटी हेरफेरमा उपाध्यक्षमा सेन्टरका सह सचिव निर्जला थापालाई चयन गरिएको छ भने सचिव पुजन खड्काकाे ठाउँमा सेन्टरका सदस्य बिरस थापालाई चयन गरिएको र सह सचिवमा सेन्टरका सदस्य प्रदिप खड्का लाई चयन गरिएको छ । त्यस्तै सेन्टरकाे नयाँ सदस्यहरु मिलन पुन, कविता शाह, बलमायाँ बुढा र दिलकुमारी बुढालाई चयन गरिएको छ ।
बैठकमा पार्टीले सञ्चालन गरेकाे माओवादी बिशेश रुपान्तरण अभियानमा सेन्टरका पालिका कमिटीले आ-आफ्नो वडा तथा नजिकका ठाउँहरुकाे रिपोर्टिङ तथा अभियानमा जाेडिने पनि निर्णय गरेको छ ।
सेन्टरकाे बिस्तारित बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा प्रमुख अतिथि लालबहादुर विसी (प्रभात) ले पार्टीकाे सबै जनवर्गीय संगठनहरुमध्ये प्रेस सेन्टर संगठन महत्त्वपूर्ण संगठन भएको बताउनुभएको छ ।
बैठकको सञ्चालन प्रेस सेन्टर नेपाल जिल्ला सचिवालय सदस्य तथा सिस्ने गाउँपालिका इन्चार्ज जमुना गौतमले गर्नुभएको थियो ।