मुसिकोटमा रक्तदान कार्यक्रम
64x64
२०८० असोज ०३ बुधबार प्रेसपालिका संवाददाता
365 Views

रुकुम पश्चिम ३, असोज ।
रुकुम पश्चिमको मुसिकोटमा संविधान दिवसको अवसर पारेर आज रक्तदान कार्यक्रम आयोजना गरिएको छ । एचडिसिएस चौरजहारी, रेडक्रस सोसाइटी जिल्ला शाखा र चौरजहारी उपशाखाको प्राविधिक सहयोग तथा नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीका अनुसार रक्तदान नै जीवन दान भएकाले दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा १७ जनाने रक्तदान गरेका छन् । जिल्ला  स्थित क्रियाशिल पत्रकार, सुरक्षा निकायकाय प्रमुख, सरोकारवाला निकाय र इच्छुक व्यक्तिले रक्तदानमा सहभागिता जनाएका हुन् । यसबाट कुनैपनि बेला जिल्लामा रगत अभाव हुँदा आवश्यक परेका व्यक्तिलाई रगत उपलब्ध गराइने छ ।

त्यस्तै रक्तदानबाट संकलन गरिएको रगत प्रदेश अस्पताल सुर्खेतको सहजीकरणमा जिल्ला बाहिर समेत पठाउन सकिने बताइएको छ । जिल्लामा हाल प्रयाप्त मात्रामा ब्लड बैंक नहुँदा आवश्यक परेको अवस्थामा तत्काल ब्लडको व्यवस्था गर्न समस्या हुने गरेको छ ।

देशले इतिहासमै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ साल असोज ३ गते अर्थात् आजकै दिन नेपालमा संविधान प्राप्त गरेको थियो । यसैको विशेष उपलक्ष्यमा पत्रकार महासंघले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |