निराजन सिर्पाली
रुकुम पूर्व २७, भदौ ।
रुकुम पूर्वमा आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय वार्षिक प्रगति, समिक्षा तथा याेजना तर्जुमा गाेष्ठी आजबाट सुरु भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय रुकुम पूर्वकाे आयाेजना तथ HDC नेपाल, युनाइटेड मिसन टू नेपाल , FAIR MAD,UNFPA, जनजागरण मञ्च र नेपाल रेडक्रस साेसाइटीकाे साझेदारीमा जिल्लाकाे तीनवटै गाउँपालिकाकाे स्वास्थ्य अवस्थाबारे जानकारी तथा समिक्षा र याेजना तर्जुमा लगायत विषयमा गाेष्ठी सुरु भएको हाे ।
विशेषगरी समग्र जिल्लाकाे स्वास्थ्य क्षेत्रकाे अवस्था, प्रगति विवरण, समिक्षा, तथा नयाँ कार्य याेजना तर्जुमा लगायतका विषयमा सरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्था, विशिष्ट व्यक्तित्व लगायतकाे उपस्थितिमा छलफल तथा गाेष्टीकाे आयाेजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पुर्वका कार्यालय प्रमुख नारायण प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।
उक्त प्रगति तथा समिक्षा गाेष्ठी २ दिन सम्म चल्ने छ । आजको गाेष्ठीमा तीनवटै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वा प्रतिनिधिहरुले आ-आफ्नो पालिकाकाे स्वास्थ्य अवस्थाकाे प्रगति, अफ्ठयारो तथा चुनौती र नयाँ कार्ययोजना लगायतका बारेमा प्रस्तुतीकरण गर्ने बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख नारायण प्रसाद चौधरीकाे अध्यक्षतामा सुरु भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठकाे प्रमुख उपस्थिति रहेको छ ।
त्यस्तै जिल्ला समन्वय समिति रुकुम पूर्वका उप-प्रमुख माेहन बहादुर केसी, सिस्ने गाउँपालिका कार्यभार अध्यक्ष सुर्य नेपाली, सिस्ने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाल, तीनवटै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि, साझेदार संस्थाका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको छ ।