हृदयघातका कारण एमाले उपाध्यक्ष नेम्वाङको निधन
64x64
२०८० भाद्र २६ मंगलबार प्रेसपालिका संवाददाता
241 Views

रुकुम पश्चिम २६, भदौ ।
हृदयघातका कारण नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज बिहान १: ३० बजे उहाँको निधन भएको हो ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई एक्कासी हृदयघात भएको बताइएको छ ।

नेम्वाङ नेपाली राजनीतिमा एक कुशल नेताका रुपमा परिचित हुनुहुन्थ्यो । पूर्व संविधानसभा अध्यक्ष समेत रहनुभएका नेम्वाङको जन्म २००९ साल फागुन २८ गते इलामको सुन्तलाबारीमा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News