जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री
64x64
२०८० भाद्र २२ शुक्रबार प्रेसपालिका संवाददाता
360 Views

ईतिहास परियार
रुकुम पश्चिम २२, भदौ ।
रुकुम पश्चिमको आठविसकाेट नगरपालिका वडानम्बर -२, पहाडाकी २८ वर्षीया प्रियङ्का यरीले जन्मदिनको अवसर पारेर एक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । पहाडाको आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा असहाय बालबालिकालाई दस हजार रुपैयाँको सामग्री वितरण गरेकी हुन् ।

पूर्व वडा सदस्य समेत रहेकी यरीले फजुल खर्चको सट्टा आफूले विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेर जन्मदिन मनाएको बताएकी छन् । यसबाट सो विद्यालयका विपन्न विद्यार्थीको पठनपाठन तथा शैक्षिक प्रगतिमा केही हद सम्म भएपनि सानो सहयोग पुग्ने उनको भनाइ छ ।

त्यस्तै विद्यालयको फर्निचर निर्माणका लागि यरीले थप नगद १० हजार प्रधानाध्यापक रबिन्द्र बहादुर बिश्वकर्मालाई हस्तान्तरण गरेकी छन् । उनले बिहीवार मात्रै यहाँको विद्यालयमा शैक्षिक सामग्री र नगद रकम वितरण तथा हस्तान्तरण गरेकी हुन् ।

यस अवसरमा विद्यालय परिवारले यरीलाई नमुना कार्यका लागि धन्यवाद व्यक्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News