बाढीले बगाउँदा दुई बालबालिकाको मृत्यु
64x64
२०८० भाद्र १८ सोमबार प्रेसपालिका संवाददाता
1485 Views

रुकुम पश्चिम १८, भदौ ।
रुकुम पश्चिमको चौरजहारीमा बाढीले बगाउँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार हावाहुरी सङ्गै परेको पानीका कारण स्थानीय न्याउला खोलामा आएको बाढीले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका वडानम्बर -६, घर्तीकाँडाका ८ वर्षीय मनोज बुढाथोकी र ४ वर्षीया  भावना बुढाथोकी रहेका छन् । मृतक दुइ बालबालिका एकै घरका दाजु बहिनी हुन् ।

आधारभूत बिद्यालय घर्तीकाँडाबाट घर फर्किने क्रममा दाजु बहिनीलाई बाढीले बगाएर मृत्यु भएको प्रहरीको भनाइ छ ।

यसैबीच आइतबारको हावाहुरीले जिल्लाका अधिकांश किसानको मकै खेतीमा ठूलो क्षति गरेको छ । पाक्नै लागेको मकै बाली नष्ट हुँदा किसान चिन्तित बनेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |