लक्ष्मी लघुवित्तले प्रदान गर्यो छात्रवृत्ति
64x64
२०८० भाद्र १५ शुक्रबार प्रेसपालिका संवाददाता
745 Views

रुकुम पश्चिम १५, भदौ ।
रुकुम पश्चिममा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था मुसिकोट शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि मुसिकोट नगरपालिका -१२, जुम्लाबाङ्गकी हरिमाया विकलाई छात्रवृत्ति प्रदान गरेको हो ।

शाखा प्रमुख हेमन्त कौशलका अनुसार यसवर्षको एसइई नतिजा पश्चात् आगामी उच्च शिक्षा अध्ययनका लागि भन्दै लक्ष्मी लघुवित्तले छात्रवृत्ति प्रदान गरेको छ । जसअनुरुप केन्द्र नम्बर -८४ मा आवद्ध रहेकी निर्मला कामीकी छोरी हरिमायालाई छात्रवृत्ति स्वरुप पाँच हजार नगद रुपैयाँ प्रदान गरिएको छ ।

लक्ष्मी लघुवित्तका कर्मचारी, शाखा प्रमुख र १२ नम्बर वडाका जनप्रतिनिधि सहितको उपस्थितिमा वडा अध्यक्ष धिरण सिर्पाली मार्फत हरिमायालाई नगद रकम बुझाइएको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले महिला सशक्तीकरणका लागि विभिन्न समूह र केन्द्रलाई कर्जा वितरण गर्दै आएको छ । त्यस्तै कर्जा र बचत संकलन बाहेक गोष्ठी, सेमीनार, तालिम लगायत अन्य सामाजिक उत्तरदायित्व सङ्ग सम्बन्धित सामाजिक कार्य पनि गर्दै आएको छ ।

रुकुम पश्चिमको मुसिकोट शाखा अन्तर्गत लक्ष्मी लघुवित्तमा जिल्लाभर १ सय ३५ केन्द्र रहेका छन् । उक्त केन्द्रमा आवद्ध रहेका महिलाले कर्जा र बचत मार्फत आय आर्जनका लागि विभिन्न स्वरोजगारमूलक व्यवसाय गर्दै आएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |