रुकुम पश्चिम १४, भदौ ।
रुकुम पश्चिमको जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा विविध प्रतियोगिता हुने भएका छन् । अनेरास्ववियू क्रान्तिकारी विद्यालय समिति जनकल्याण माध्यमिक विद्यालय रुकुम पश्चिमको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
यहि भदौ १५ गते माध्यमिक तह कक्षा ९ र १० को लागि सार्वजनिक शिक्षण संस्थाको शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको भूमिका ” बिषयक वक्तृत्वकला, निम्न माध्यमिक तह कक्षा ६ देखि ८ सम्म हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको अनेरास्ववियू (क्रान्तिकारी) जनकल्याण मावि सानाखोलाकी अध्यक्ष सिर्जना रोकाले जानकारी दिनुभएको छ ।
त्यस्तै आधारभूत तह कक्षा १ देखि ५ सम्म चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ ।
विद्यार्थीको सङ्गठन प्रतिको सोचलाई सकारात्म बनाउन, सार्वजनिक शिक्षण संस्थाको शैक्षिक गुणस्तर सुधार ल्याउन विद्यार्थीलाई पुरस्कृत गरेर हौसला प्रदान गरि मेहेनत गर्ने बानीको विकास गराउनको लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष रोकाले जानकारी दिनुभएको छ ।