बम डिस्पोज गरियो
64x64
२०८० भाद्र १२ मंगलबार प्रेसपालिका संवाददाता
494 Views

निराजन सिर्पाली
रुकुम पूर्व १२, भदौ ।
रुकुम पूर्वमा फेला परेको बम डिस्पोज गरिएकाे छ । मंगलबार बिहान रुकुम पूर्वकाे सदरमुकाम सिस्ने गाउँपालिका वडानम्बर -५, मा रहेको नेपाल टेलिकमकाे टावर नजिकैको सामुदायिक वनमा स्थानीय तथा पूर्व रिटायर नेपाली सेना चन्द्र बहादुर थापले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई उक्त बिषयमा जानकारी गराउनुभएकाे थियाे ।

साेही अनुसार नेपाली सेना, शस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय  रुकुम पूर्वकाे संयुक्त पहलमा तालिम प्राप्त नेपाली सेनाको डिस्पोजल टिमले सो बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले उक्त बम पूर्व नेपाली सेनाका सदस्यले देखेकाले मात्रै थाहा भएको, नत्र सामान्य मान्छेले देखेको भए याे कुरा थाहा नहुने बताउनुभएको छ ।

प्रहरीका अनुसार बम कसले र कहिले राख्यो भन्नेबारे नखुलेको बताइएको छ । तर बममा खिया लागेको र धेरै पुरानो जस्तो देखिएकाले जनयुद्धको समयमा बिद्रोही वा राज्य पक्षकाे हुन सक्ने आसंका गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |