रुकुम पश्चिम ११, भदौ ।
रुकुम पश्चिमका विभिन्न पालिकामा बालविवाह न्यूनीकरण गर्न सडक नाटक प्रर्दशन गरिएको छ । मानव विकास तथा सामुदायिक सेवा एचडिसीएस चौरजहारीले बालविवाह न्यूनीकरण सम्बन्धी सडक नाटक प्रर्दशन गरेको हो ।
आज जिल्लाको त्रिवेणी गाउँपालिका स्थित सिम्रुतु बजार र मुसिकोट नगरपालिकाको बालमन्दिरमा सडक नाटक प्रदर्शन गरिएको छ ।
त्यस्तै भदौ १२ गते बिहान ठिक १० बजे चौरजहारीको चौफा बजारमा र १२ गते दिउँसो ठिक ३ बजे चौरजहारीको बसपार्कमा नाटक प्रदर्शन गरिने मानव विकास तथा सामुदायिक सेवा एचडिसीएस चौरजहारीका सामुदायिक सहर्जकर्ता कल्पना पुनले जानकारी दिनुभएको छ ।
उमेर नपुग्दै गरिने विवाहले पारेको शारीरिक, मानसिक तथा सामाजिक असरको बारेमा नाटक मार्फत देखाईएको छ । सानै उमेरमा गरिने विवाहले भोग्नु परेको घरेलु हिंसा, आर्थिक अभावले श्रीमान विदेशीनुको अबस्था, घरपरिवारको हेपाई, सानै उमेरमा गर्भवती तथा समयमै उपचार गर्न नसक्दा ज्यानै गुमाउनु परेको दुखदायी घटनाको दृश्य नाटकमा देखाईएको हो ।
बालविवाह तथा परिवामा बिरामी पर्दा धामीझाँक्रीको विश्वास नगरेर तत्काल अस्पताल पुर्याउन सन्देश दिने उदेश्यले सडक नाटक मार्फत प्रर्दशनी कार्यक्रम गरिएको सहजकर्ता पुनको भनाइ छ ।