मुसिकोट नगरपालिका : मिल्यो विवाद, खुल्यो ताला
64x64
२०८० भाद्र ११ सोमबार प्रेसपालिका संवाददाता
1718 Views

रुकुम पश्चिम ११, भदौ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा लगाएको ताला खुलाईएको छ । नगर उपप्रमुख विमलकुमार पुनबाट नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र ओलीमाथि हातपात भएको भनिएको घटनाको बिरोधमा कर्मचारीहरुले नगरपालिकाको गेटमा तालाबन्दी गरि नगरका सबै सेवा बन्द गरेका थिए ।

नगरपालिका भित्र असहमति निरन्तर हुने कुरा रहेको र आफ्नो कसैप्रति पनि रिस नभएको, विभिन्न मिडियाबाजी गरि तिललाई पहाड गराउने काम भएको नगर उपप्रमुख बिमल कुमार पुनले बत्ताउनुभएको छ । यसले कसैलाई पनि फाईदा नपुर्याउने भन्दै उप प्रमुख पुनले आफू संधै जनताले दिएको मतको कदर गर्ने तर्फ सचेत रहेको बताउनुभएको छ ।

साथै आगामी दिनमा यस्ता घटना नदोहोरिउन भनेर आफू सचेत रहेको समेत उप प्रमुख पुनले बताउनुभएको छ । आफू संधै सापेक्षतामा चल्दै आएको र चल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

कर्मचारीहरुले ८ बुँदे माग राख्दै हिजो नगरपालिकाको गेटमा तालाबन्दी गरेका थिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले आज बिहान एक विज्ञप्ति जारी गर्दै ताला खोलि सेवामा फर्किन कर्मचारीहरुलाई निर्देशन जारी गर्नुभएको थियो ।

त्रिजमाविको शिक्षक र कृषि प्राविधिकको परीक्षाको तयारी गरिरहेका बेला नगर उपप्रमुख पुनले शाखा प्रमुख ओलीमाथि हातपात गरेको कर्मचारीहरुको भनाई छ । उपप्रमुख पुनले भने परीक्षा रोक्न मात्र भनेको, तर हातपात भने नगरेको दाबी गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News